Section 24F
बढुवाको उजुरी
(१) दफा २० बमोजिम बढुवा समितिले गरेको बढुवाको सिफारिसमा चित्त नबुझ्ने सम्बन्धित निजामती कर्मचारीले त्यस्तो सिफारिस गरेको मितिले पैंतीस दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सक्नेछ र त्यसरी परेको उजुरीमा उजुरी गर्ने म्याद नाघेको मितिले साठी दिनभित्र टुंगो लगाइनेछ ।
(२) उपदफा (१) बमोजिम पर्न आएका उजुरी टुंगो लागेपछि पहिले प्रकाशित बढुवा नामावलीमा संशोधन गर्नुपर्ने भएमा उजुरी सुन्ने अधिकारीले सोको सूचना बढुवा समितिलाई दिनुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम उजुरी छानबिन गर्दा जानी–जानी त्रुटिपूर्ण मूल्यांकन गरेको देखिएमा लोकसेवा आयोगले मूल्यांकनकर्तालाई चेतावानी दिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम पर्न आएको उजुरी झुठ्ठा ठहरिएमा उजुरीपछि हुने बढुवामा
त्यस्तो उजुरीकर्ताको पहिलोपटकको उजुरी भए २ अंक र दोस्रोपटकको उजुरी भए ३ अंक
काटिनेछ ।
(५) उपदफा (३) वा (४) बमोजिम भएको कारबाहीको सूचना सम्बन्धित कर्मचारीलगायत बढुवा समितिको सचिवालय र सम्बन्धित कर्मचारी कार्यरत रहेको कार्यालयमा
पठाउनुपर्नेछ ।
(६) बढुवाको उजुरीसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।